कांग्रेस पालिका अधिवेशनः दाङका दशमध्ये तीन स्थानीय तहमा सर्वसम्मत् – Nepal Press

कांग्रेस पालिका अधिवेशनः दाङका दशमध्ये तीन स्थानीय तहमा सर्वसम्मत्

रुपन्देही । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दाङका दश स्थानीय तहमध्ये तीन वटा गाउँपालिकामा सर्वसम्मत् रुपमा नेतृत्व चयन भएको छ ।

लुम्बिनी प्रदेशको राजधानीको केन्द्र तोकिएको राप्ती गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । सभापतिमा विद्याशरण चौधरी , उपसभापतिमा श्यामा रावत र गिरिराज भुषाल, सचिवमा तीर्थराज ज्ञवाली र चैन कुमार चौधरी, सहसचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन भएको मतदान अधिकृत संजयकुमार केसीले जानकारी दिएका छन् ।

यस्तै शान्तिनगर गाउँपालिकाको सभापतिमा झलक केसी सर्वसम्मत चयन भएका छन् । केसी तुलसीपुर बजारमा ब्यापार ब्यबसाय गर्दै आएका ब्यक्ति हुन । केसी काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीका प्यालनबाट गाउँपालिकामा उम्मेदवारी दिएको भएपनि सर्वसम्मत रुपमा उक्त पदमा निर्वाचित भएका हुन् ।

प्रतिपर्धी फर्शुराम डाँगीले केसीलाई समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय शुक्रबार नै गरेपछि त्यहाँ सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सम्भव भएको हो । उपाध्यक्षमा द्रोर्ण केसी र लालबहादुर बुढाथोकी सर्वसम्मत भएका छन् ।

बंगलाचुली गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । सभापतिमा जागेश्वर अधिकारी, उपसभापतिमा इन्द्रमणि वली र द्रोर्ण खत्री, सचिव वलदेव मल्ल र चेतबहादुर डाँगी, सहसचिवमा गणेश बिक, केयरसिह गाहा मगर सर्वसम्मत चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर