ईपीएलः विराटनगरविरुद्ध टस जितेर फिल्डिङ गर्दै चितवन – Nepal Press

ईपीएलः विराटनगरविरुद्ध टस जितेर फिल्डिङ गर्दै चितवन

काठमाडाैं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)क्रिकेटमा चौथो संस्करणको दोस्रो दिन आज विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर पहिलो फिल्डि गर्ने निर्णय गरेको छ ।

दिनको पहिलो खेलमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् । चितवन पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा छ । विराटनगर पूर्व च्याम्पियन टोली हो ।

विराटनगरका कप्तान पारस खड्काले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि करण केसीले टोलीको कप्तानी गरिरहेका छन् ।

आजै हुने दोस्रो खेल भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच हुनेछ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा काठमाडौं किंग्स एघारले साविक विजेता ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरी विजयी सुरुआत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर