परिमार्जित बजेटमार्फत ‘पढ्दै कमाउँदै’ कार्यक्रम अघि बढाइँदै
नेपाल प्रेस
२०७८ असोज १० गते १४:३२
काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ‘पढ्दै कमाउँदै’ नारासहितको कार्यक्रम बजेटमा समावेश गरेको छ ।
कार्यक्रमलाई कार्यान्वयन तहमा लैजान अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् । अर्थमन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री शर्मा, अर्थसचिव, कृषि सचिव र जनज्योति मा.वि सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देललगायत सहभागी थिए ।
मन्त्री शर्माले बजेटमा समावेश गरिएको नयाँ कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि छलफल थालिएको सामाजिक संजालबाट जानकारी दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर