इन्जिनियरको चुनाव सार्न चलखेल- कांग्रेसमा बागी, वामपन्थीका तीन प्यानल – Nepal Press

इन्जिनियरको चुनाव सार्न चलखेल- कांग्रेसमा बागी, वामपन्थीका तीन प्यानल

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसियसनको निर्वाचन सार्न विभिन्न संगठनले दबाब दिएका छन् । कात्तिक १४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनकै फरक प्यानल र कांग्रेसबाटै दुई प्यानल खडा भएपछि चुनाव सार्न लागिएको हो ।

उम्मेदवार मनोनयन र संशोधनको समय समेत सकिएपछि चुनाव सार्न लागिएको हो । यसका लागि शनिवार सरोकारवाला संगठनहरुको बैठक बोलाइएको छ ।

निर्वाचन कांग्रेसको संस्थापन पक्षबाट हरि दर्लामीको अध्यक्षतामा प्यानल खडा भएकोमा छ । उता दिलिप झाको नेतृत्वमा बिद्रोही प्यानल खडा भएको छ । विद्रोही प्यानललाई जसपा निकट इन्जिनियर संगठनको साथ रहेको छ ।

एमाले निकट प्रगतिशील इन्जिनियरको तर्फबाट डा।सुरज लामिछानेको नेतृत्वमा प्यानल दर्ता भएको छ । एमालेलाई महन्थ ठाकुर नेतृत्वको लोसपाका इन्जिनियरले साथ दिएका छन् ।

लामिछाने प्यानलमा देउकाजी गुरुङ उपाध्यक्ष, डा.भेषराज थापा महासचिव, शिवराम केसी उपमहासचिव, डा आनन्द सिंह कोषध्यक्ष र अर्जुन पौडडेल सहकोषाध्यक्ष छन् ।
कोषाध्यक्ष आनन्द सिंह लोसपा निकट हुन् । लोसपालाई प्रदेश २ को अध्यक्षसहित बहुमत दिएर एमाले निकटसँग गठबन्धन गराइएको हो ।

कांग्रेसको आधिकारिक प्यानलको महासचिवमा रविभूषण झा छन् भने विद्रोही प्यानलबाट कृष्णसिंह बस्नेत उम्मेदवार बनेका छन् ।

त्यस्तै माओवादी निकट इन्जिनियरहरुले हरि पराजुलीको नेतृत्वको प्यानल खडा गरेका छन् । माओवादीलाई नेकपा एकीकृत समाजवादीको साथ रहने भएको छ ।

त्यस्तै नेपाल मजदूर किसान पार्टी निकट अलग प्यानल खडा भएको छ । एमाले र कांग्रेसको संस्थापन पक्षका इन्जिनियरहरु निर्धारित समयमा चुनाव गराउन चाहन्छन् ।

तर विद्रोही प्यानल र माअ‍ोवादी तथा नेकपा एस निकटले भने केही समय सार्न खोजेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर