कपिलबस्तु कांग्रेसको स्थानीय तह अधिवेशन आज, अधिकांश पालिकामा चुनाव हुँदै – Nepal Press

कपिलबस्तु कांग्रेसको स्थानीय तह अधिवेशन आज, अधिकांश पालिकामा चुनाव हुँदै

रूपन्देही । नेपाली कांग्रेस कपिलवस्तुमा आज गाउँ र नगर समितिका अधिवेशन शुरू भएको छ । पार्टीको १४ औं महाधिवेशनअन्तरगत केन्द्रीय समितिले आज जिल्लाका स्थानीय तहमा अधिवेशनका लागि मिति तोकेको थियो ।

कपिलबस्तुमा १० स्थानीय तह छन् । जिल्लाका ९६ वडाका अधिवेशन सम्पन्न भएसंगै कांग्रेस कपिलवस्तु गाउँ र नगर अधिवेशनमा जुटेको हो ।

१० स्थानीय तहमध्ये ४ गाउँपालिका र ६ नगरपालिकामा एकैदिन निर्वाचन हुने निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिए ।

गाउँ र पालिका अधिवेशनको मतदाता नामावली मंगलबार नै जिल्ला पार्टी कार्यालयका प्रकाशन भइसकेको छ ।

आज बिहानैदेखि निर्वाचन कार्यक्रम प्रारम्भ भएको जिल्ला निर्वाचन अधिकृत पन्तले जानकारी दिए ।

सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भएपनि अधिकांश पालिकामा केन्द्रीय गुटगत चुनाव हुने भएको छ । सबै स्थानीय तहमा कांग्रेसका नेताले उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा उत्रिएका छन् ।

यसअघि नेता रामचन्द्र पौडेल पक्ष बलियो मानिएको जिल्लामा अहिले नेता वीरेन्द्र कनौडिया, अभिषेकप्रताप शाह देउवा पक्षमा खुलेर लागेकाले समीकरण प्रभावित हुने कांग्रेस नेताहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर