प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने – Nepal Press

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नजाने जानकारी नेपाल प्रेसलाई दिए।

संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले विहीबार बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । अध्यादेश ल्याएर आफ्नो दल फुटाएको र सभामुख त्यसमा सहयोगी बनेको भन्दै एमालेले निरन्तर विरोध गर्दै आएको छ।

गैरसंवैधानिक अध्यादेश ल्याएर गर्नुपर्ने जति सबै काम गरेपछि बोलाइएको सर्वदलीय बैठकको कुनै अर्थ नहुने भन्दै भट्टराईले आफ्नो दल बैठकमा नजाने बताए। यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो।

सभामुखले आफूहरुले कारवाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने या मार्गप्रशस्त गर्नुपर्ने भन्दै त्यो बाहेकका ऐजेन्डामा कुनै छलफल नहुने एमालेको अडान छ। यही विषयमा एमालेले संसदमा अवरोध जारी राखे पनि सभामुखले भने सदनका कारवाही अगाडि बढाइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर