अखिल(क्रान्तिकारी) को २२औं सम्मेलन शुरु हुँदै, प्रचण्डले उद्घाटन गर्ने – Nepal Press

अखिल(क्रान्तिकारी) को २२औं सम्मेलन शुरु हुँदै, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलन बिहीबारबाट शुरु हुँदै छ।

कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा शुरु हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्नेछन्।

हालका अध्यक्ष रञ्जित तामाङ नदोहोरिने भएपछि त्यसका लागि ७ जना आकांक्षी देखिएका छन्। अध्यक्षमा सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, तिलक भण्डारी, उत्तम अधिकारी, विजय गौतम र दिपेश पुन आकांक्षी देखिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर