काठमाडौंविरुद्ध टस जितेर फिल्डिङ गर्दै चितवन – Nepal Press

काठमाडौंविरुद्ध टस जितेर फिल्डिङ गर्दै चितवन

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा आज चितवन राइनोज र काठमाडौं किङ्स–११बीचको खेलमा चितवनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ ।

किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा चितवनका कप्तान सोम्पाल कामीले टस जितेर फिल्डिङ रोजेका हुन् । दुबै टोलीको यो दोस्रो खेल हो । यसअघि काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको थियो । भने, चितवनले विराटनगर वारियर्सलाई २ विकेटले हराएको थियो ।

चितवन टिम– सोमपाल कामी, दिलिप नाथ, मोहमद साहजाद, साहब आलम, सागर ढकाल, कमल सिंह एरि, भिम सार्की, सेकुगे प्रसुन्ना, कारिम जन्नत, राजेस पुलामि मगर र इसान पान्डे

काठमाडौं टिम– सन्दीप लामिछाने, सुवास खकुरेल, अमित श्रेष्ठ, सिद्धान्त लोहनि, जनक प्रकाश, जितेन्द्र मुखिया, राजु रिजाल, अमर सिंह रौटेला, रहमनुल्ला गुर्बाज, रयान वुर्ल र गुलसन झा

आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रियट्स भिड्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर