राजकुमार लेखीले छाडे लोसपा – Nepal Press

राजकुमार लेखीले छाडे लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजकुमार लेखीले पार्टी परित्याग गरेका छन् ।

आदिवासी जनजाति आन्दोलनबाट स्थापित नेता लेखीले नयाँ राजनीतिक यात्रा सुरु गर्ने भन्दै लोसपाको सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

उनी लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका थिए । अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने भनेपनि त्यसबारे उनले प्रष्ट खुलाएका छैनन् ।

उनी नेपाल आदिबासी जनजाति महासंघका पूर्वअध्यक्ष पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर