अख्तियार प्रमुख राईको राजीनामा माग्दै जसपाको मशाल जुलुस – Nepal Press

अख्तियार प्रमुख राईको राजीनामा माग्दै जसपाको मशाल जुलुस

जनकपुरधाम । प्रदेश २ का आठै जिल्लाको सदरमुकाममा जनता समाजवादी पार्टी (जसपा)ले अख्तियार दुरुयोग अनुसन्धान आयोग विरुद्ध मशाल जुलुस निकालेको छ ।

संघीयता समाप्त पार्न र प्रदेश सरकारलाई बदनाम गराउन छापामार शैलीमा अख्तियारको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको भन्दै जसपा मधेस प्रदेश समितिको आह्वानमा आज मशाल जुलुस निकालिएको हो ।

जनकपुरस्थित रेल्वे स्टेशनबाट जसपाका नेता कार्यकर्ताले साँझ साढे ६ बजे मशाल जुलुस निकालेका थिए । प्रदर्शनमा सहभागीहरुले ओलीका गुण्डा अख्तियार मुर्दाबाद, मधेस विरोधी अख्तियार मुर्दाबाद, अख्तियार प्रमुख राजीनामा देउ जस्ता नारा लगाएका छन् ।

यस्तै महोत्तरी, सिरहा, सप्तरी, सर्लाहीसहित जिल्लामा जसपाका नेता कार्यकर्ताले जुलुस निकालेर अख्तियार प्रमुख प्रेमकुमार राइको राजीनामा मागेका छन् ।

बेटी बचाऊ, बेटी पढाऊ अभियान अन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो । अख्तियारको टोलीले साइकल खरिद सम्बन्धी कागजात लगेर अनुसन्धान थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर