एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव थपियो, १५ सदस्यीय पदाधिकारी – Nepal Press

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव थपियो, १५ सदस्यीय पदाधिकारी

काठमाडौं ।नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने भएको छ । यसअघि ३ उपाध्यक्ष भनिएकोमा सहभागीको सुझावअनुसार विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने निर्णय भएको उपमहासचिव बिष्णु पौडेलले सुनाए ।

यसअघि १३ पदाधिकारी रहेकामा अब १५ पदाधिकारी हुने भएका छन् । त्यस्तै यसअघि विधानबाट हटाइएको उपमहासचिव पद फिर्ता भएको छ । तर, यसअघि दुई उपमहासचिव रहेकामा अब एकमात्र उपहासचिव हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर