संखुवासभा कांग्रेसको मतगणना जारी, सभापतिमा दीपक खड्काको फराकिलो अग्रता – Nepal Press

संखुवासभा कांग्रेसको मतगणना जारी, सभापतिमा दीपक खड्काको फराकिलो अग्रता

दोलखा । नेपाली कांग्रेस संखुवासभाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक नतिजा अनुसार संस्थापन इतर समूहका उम्मेदवार दीपक खड्काले फराकिलो अग्रता लिएका छन् ।

संखुवासभा जिल्ला अधिवेशनमा कुल १ हजार ३ सय ५२ मत खसेको थियो । जारी मतगणनामा २ सय मत गणना हुँदा पूर्व राज्यमन्त्री खड्काले १ सय ६३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी राइमान राईले २८ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर