दोलखामा देउवा पक्ष तेस्रो, पौडेल र सिटौला पक्षबीच दोस्रो चरणको निर्वाचन हुने – Nepal Press

दोलखामा देउवा पक्ष तेस्रो, पौडेल र सिटौला पक्षबीच दोस्रो चरणको निर्वाचन हुने

दोलखा । नेपाली कांग्रेस दोलखाको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कांग्रेस विधानअनुसार सभापतिका कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको हो ।

सभापतिमा संस्थापन पक्षका वर्तमान सभापति रुद्रबहादुर खड्का , वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बर्मा लामा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका तारा खड्का र केशव चौलागाई प्रतिस्पर्धामा थिए । ५ मत गन्न बाँकी रहँदा पौडेल पक्षका लामा ६ सय ४३ मतसहित पहिलो र सिटौला पक्षका तारा खड्का ३ सय ९७ मतसहित दोस्रो स्थानमा छन् ।

तेस्रो स्थानमा रहेका सभापति शेरबहादुर देउवा पक्षका खड्काले ३ सय ५८ मत ल्याएका छन् । सभापतिका अर्का उम्मेदवार चौलागाईले ९५ मत ल्याएका छन् ।

अब पौडेल पक्षका लामा र सिटौला पक्षका खड्का बीच दोस्रो चरणको निर्वाचन हुनेछ ।

बाँकी मत गन्दापनि सभापतिका कुनैपनि उम्मेदवारको ५० प्रतिशत बढी मत नहुने निश्चित भएकोले शीर्ष २ उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको मतदान सोमबार हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर