रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम निर्वाचित, दोस्रो चरणअघि लवश्रीको वाकओभर – Nepal Press

रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम निर्वाचित, दोस्रो चरणअघि लवश्रीको वाकओभर

काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापतिमा पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका तामाङलाई दोस्रो चरणको निर्वाचनअघि नै निकटतम प्रतिस्पर्धी लवश्री न्यौपानेले तामाङलाई समर्थन गरेका छन् । न्यौपानेले समर्थन गरेपछि दोस्रो चरणको मतदान नहुने भएको छ ।

पार्टीभित्र एकता र सहकार्य जोगाउन आफूले तामाङलाई समर्थन गरेको न्यापानेले बताएका छन् । पहिलो चरणको निर्वाचनमा तामाङले ६ सय ६८, न्यौपानेले ३ सय ५६ र कृष्णबहादुर महतले ३ सय २८ मत ल्याएका थिए ।

 


प्रतिक्रिया

One thought on “रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम निर्वाचित, दोस्रो चरणअघि लवश्रीको वाकओभर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर