काठमाडौंका लागि रायन बर्लको अर्धशतक ! – Nepal Press

काठमाडौंका लागि रायन बर्लको अर्धशतक !

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा पोखरा राइनोजविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको काठमाडौं किङ्ग्स–११ का लागि रायन बर्लले पनि अर्धशतक बनाएका छन् । यसअघि तेस्रो नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका अमित श्रेष्ठले अर्धशतक बनाएका थिए ।

त्रिवि क्रिकेट मैदानमा चौथो नम्बरमा काठमाडौंका लागि क्रिजमा उत्रिएका बर्लले ४२ बलमा २ चौका र ३ छक्कासहित ५० रन पूरा गरेका हुन् । यसअघि अमितले ३६ बलमा ६ चौका र २ छक्कासहित ५० रन पूरा गरेका थिए ।

तेस्रो ओभरमा १६ रन जोडेर दुवै ओपनरलाई गुमाएको काठमाडौंका लागि अमितले रायन बर्लसँग १०६ रनको साझेदारी गर्दै काठमाडौंको इनिङ सम्हालेका थिए । १७.१ ओभरको खेल सकिँदा काठमाडौं १४७/४ को अवस्थामा छ । अहिले क्रिजमा रहेका कप्तान सन्दीप लामिछाने ६ र बर्ल ५० रन बनाएर खेलिरहेका छन् ।

पोखराका लागि विक्रम शोब र किशोर महतोले १/१ विकेट लिएका छन् र काठमाडौं आजको खेलमा जित हासिल गरे प्ले अफमा पुग्ने चौथो टोली बन्ने छ । चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स यसअघि नै प्लेअफमा पुगिसकेके छन् ।

आजको खेलमा काठमाडौंले जित निकाले साविक विजेता ललितपुर प्याट्रिओट्स पहिलो चरणबाटै बाहिरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *