निधि, कोइराला र सिंह फेरि पनि छलफलमा – Nepal Press

निधि, कोइराला र सिंह फेरि पनि छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका नेतृत्वका लागि दावी गरिरहेका तीन नेताबीच आजपनि महाधिवेशन केन्द्रीत छलफल हुँदैछ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच निधि निवास बानेश्वरमा छलफल हुन लागेको हो ।

कांग्रेसका स्वर्गीय नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच यसअघि पनि बारम्बार छलफल हुँदै आएको छ । सभापतिमा आ-आफ्नो दावी गरिरहेपनि नेतात्रयबीच हालसम्म ठोस सहमति जुटेको छैन । आजको भेटमा पार्टीको १४ औं महाधिवेशन, भावी नेतृत्व र मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर