श्री एयरलाइन्सको जहाज ट्याक्सी वे छाडेर घाँसे मैदानतिर मोडिएपछि (भिडिओसहित) – Nepal Press

श्री एयरलाइन्सको जहाज ट्याक्सी वे छाडेर घाँसे मैदानतिर मोडिएपछि (भिडिओसहित)

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि यात्रुलाई सकुशल ओरालिएको छ । जहाज स्टार्ट गरेर अघि बढाउने क्रममा ट्याक्सी वेबाट घाँस भएतिर गएको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपाल प्रेसलाई भर्खरै प्राप्त तस्बिरमा जहाज ट्याक्सी वेबाट घाँसे मैदानतिर मोडिएपछि आपतकालीन संकेत दिइएको थियो । जहाज क्याप्टेन महेश्वरी डंगोलले चलाएकी थिइन् ।

करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेका जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको छ । अर्को जहाजमा यात्रुलाई पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

श्री एयरको ९ एन-एएनएफ जहाजमा समस्या आएको विमानस्थल स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर