खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व – Nepal Press

खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व

काठमाडौं । खोज पत्रकारहरूको संस्था, खोज पत्रकारिता केन्द्र (खोपके) मा नयाँ नेतृत्व आएको छ ।

मंगलबार ललितपुरमा सम्पन्न साधारण सभाले चन्द्रकिशोरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरा चुनिएका छन् ।

सदस्यहरुमा हरिबहादुर थापा, लक्ष्मी बस्नेत र राजाराम गौतम चयन भएका छन् । थप दुई सदस्य पछि मनोनयन गरिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *