बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण नेपालगञ्ज डाइभर्ट – Nepal Press

बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण नेपालगञ्ज डाइभर्ट

रुपन्देही । बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ । काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको जहाज सुर्खेतको भेरी आसपासमा लागेको कुहिरोका कारणले विमानस्थलमा अवतरण हुन नसकेको हो ।

सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयर सुर्खेतका प्रमुख अनिल पन्तले बताए । ‘भेरी नदीको आसपासमा कुहिरोका कारण सुर्खेत विमानस्थल अवतरण गर्न सकिएन, त्यसैले नेपालगञ्ज डाईभर्ट गराइएको हो,’ उनले भने, ‘नेपालगञ्जबाट जहाज फेरि सुर्खेत आउन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *