स्वस्तिमाको प्रशंसा गर्दै योगेशले भने : उहाँ आर्मी बन्नुपर्ने मान्छे, टीकटकमा पनि फलो गरेको छु – Nepal Press

स्वस्तिमाको प्रशंसा गर्दै योगेशले भने : उहाँ आर्मी बन्नुपर्ने मान्छे, टीकटकमा पनि फलो गरेको छु

काठमाडौं । केन्द्र मोसन पिक्चर्सको नयाँ गीत ‘सरकारी अड्डा’ सार्वजनिक भएको छ । रचना रिमाल र पदम राईको स्वर रहेको गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता योगेश भट्टराई पनि उपस्थित थिए । नेता भट्टराईले गीत हेरेपछि महिला सैनिकको रुपमा फिचर्ड भएकी स्वस्तिमाको भूमिकाको प्रशंसा गरे ।

‘निश्चल र स्वस्तिमाजीलाई मैले टीकटकमा पनि फलोे गरेको छु । उहाँहरुको वास्तविक जीवन पनि प्रेरणादायी छ । स्वस्तिमाजी आर्मीमा गएपनि स्ट्रिक्ट हुने मान्छे हो । उहाँले निकै राम्रो काम गर्नुभएको छ’ योगेशले भने ।

तस्बिरहरु : उमेश कार्की

गायिका रचना रिमाललाई पनि टीकटकबाट चिनेको बताउँदै योगेशले उनका प्रस्तुति अर्गानिक भएको र बनावटी नलाग्ने बताए । सन्देशमूलक गीत बनेको भन्दै उनले सबैले सुन्नुपर्ने गीत बनेको बताए ।

तलबले पेट पाल्छु भनेर सकारात्मक सन्देश दिएको बताउँदै भट्टराईले दाईजोभन्दा माया र प्रेम नै ठूलो सन्देश भएको बताए । ‘हाम्रो सरकारी अड्डामा नेगेटिभ मात्र हैन, पजेटिभ पाटो पनि छ’ उनले भने ।

अभिनेत्री खड्काले सेनाप्रति आफ्ना विशेष लगाव रहेको बताइन् । आफूले कक्षा ८ सम्म सैनिक स्कुलमै पढेको र बुवा पनि सेना भएकाले यस्तै थिमको गीतमा काम गर्न पाउँदा खुशि लागेको बताइन् । निश्चलले चाहिँ भिडिओ हेर्दा आफू हल्का मोटाएकोजस्तो महसुस भएकाले डान्स प्राक्टिस गरिरहेको बताए ।

पछिल्लो समय म्युजिक भिडिओ निर्माणमा चर्चा बटुलेको केन्द्र मोसन पिक्चर्स गीत निर्माण गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *