ब्रिटानीया उद्योगको आधिकारिक ट्रेड युनियनमा एमालेनिकट मजदुर संगठन विजयी – Nepal Press

ब्रिटानीया उद्योगको आधिकारिक ट्रेड युनियनमा एमालेनिकट मजदुर संगठन विजयी

वीरगन्ज । पर्साको परवानीपुरस्थित ब्रिटानीया नेपाल प्रालि उद्योग प्रतिष्ठानमा भएको आधिकारिक ट्रेड युनियनका निर्वाचनमा नेकपा एमालेसम्बद्ध मजदुरले जितेका छन् ।

मंगलबार भएको निर्वाचनमा एमालेनिकट जिफन्टआबद्ध समग्र उद्योग ट्रेड युनियन (ह्विन)ले दुई तिहाईभन्दा बढी मतका साथ विजय हासिल गरेको हो ।

कुल १४० मतदातामध्ये १२८ मत खसेकोमा एमालेसम्बद्ध मजदुर संगठन ह्विनले ९६ मत प्राप्त गरेको छ । प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेसआबद्ध नेपाल कारखना श्रमिक संघले ३२ मत प्राप्त गरेको निर्वाचन अधिकृतले जनाएका छन् ।

यसअघि बाराकै डाबर नेपालमा पनि एमालेसम्बद्ध युनियन विजयी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *