सहकारीदेखि सिभिल होमसम्म इच्छाराजको ठगीधन्दा : शक्तिको आडमा सयौं ठगिए, अर्बौंको घोटाला
काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई केन्द्रीय अनुसन्धान व्यूरो ‘सीआईबी’ले सिभिल सहकारी ठगीको आरोपमा पक्राउ गरेको छ । उनीसहित सहकारी ठगीमा संलग्न ४० जना व्यक्तिलाई सीआईबीले पक्राउ गरेको हो ।
५ वर्षअगाडि नै सहकारी ठगीमा संलग्न रहेको भन्दै इच्छाराजविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको थियो । तर , राजनीतिक आडमा शक्ति र सत्ताको उपयोग गरेर तामाङ पक्राउ पर्नबाट जोगिँदै आएका थिए ।
नेकपा एमालेबाट संविधानसभा सदस्यसमेत रहेका तामाङले झलनाथ खनालदेखि अन्य एमालेका नेतामार्फत आफ्नो प्रभाव र शक्ति देखाएर ठगी गरेको आरोप पीडितहरूको छ ।
उनले सिभिल सहकारीको बचतको दुरूपयोग गरेको देखिन्छ । सिभिल सहकारीमा उच्च ब्याजदर तथा चिठ्ठाको प्रलोभन देखाएर निक्षेप ल्याउने र निक्षेपको ८० प्रतिशत भन्दा बढी रकम तामाङले उपयोग गर्ने गरेको बताइन्छ । जबकी सहकारीको कुल निक्षेपको १० प्रतिशतभन्दा बढी एक सदस्यले कर्जा लिन नपाउने व्यवस्था सहकारी ऐनमा छ ।
आर्थिक वर्ष २०५७/५८ मा सिभिल सहकारी संस्थाले करिब ४ करोड मुनाफा कमाउन सफल भयो । उक्त मुनाफाबाट हौसिएका तामाङले सहकारीमा संकलन भएको निक्षेपबिना धितो तथा सहकारी ऐनविपरीत हुने गरी सिभिल होम प्रालिमा खन्याउन जोडबल गर्न थाले ।
इच्छाराजले सिभिल सहकारीको ८ अर्ब निक्षेपमध्ये ७.५ अर्ब रूपैयाँ निक्षेप सिभिल होममा एक्लैले लगानी गरेका छन् ।
सिभिल होमका हस्तान्तरण नगरिएका घर, बाटो, स्विमिङ पुल , क्लव , पार्कदेखि सहकारीको केन्द्रीय कार्यालय समेत धितोमा राखेर अकुत सम्पत्ति कर्जामा राखी करौडौं रूपैयाँ प्रयोग गरेको देखिन्छ ।
सोमाबार साँझ सिभिल मलबाट तामाङ पक्राउ परे । उनीसँगै सिभिल सहकारीका अध्यक्ष केशव श्रेष्ठसहित ११ जना सञ्चालक पनि पक्राउ परे । श्रेष्ठलाई सहकारीको अध्यक्ष तामाङले नै बनाएका हुन् । श्रेष्ठ तामाङका मामाससुरा हुन् ।
सहकारीबाटै करिब ७० करोड किर्ते गरी सिभिल होममा लगानी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
सहकारीमा राखेको निक्षेप समेत फिर्ता नपाएको भन्दै महानगरीय प्रहरी परिसरमा थुप्रै उजुरीहरू परेका थिए । सहकारी ऐनअनुसार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको अनुमतिबिना प्रहरीले सहकारीको संचालकलाई पक्राउ गर्न पाउँदैन ।
सोमबार मन्त्रालयले अनुमति दिएपछि सिभिल सहकारीका पूर्वअध्यक्ष तामाङसहित वर्तमान अध्यक्ष र सञ्चालक समितिका अन्य सदस्यहरूसहित १२ जना पक्राउ परेको प्रहरीले जनाएको छ । २०६३ सालपछि तामाङले परिवर्तन गरेका सहकारी सञ्चालक, पूर्वकर्मचारी तथा कर्मचारीसहित अन्य २८ जनालाई प्रहरीले खोजी गरिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
इच्छाराज तामाङको उदय तथा काला कर्तुत
२०५५ सालमा रुसबाट सिभिल इन्जिनियरिङ सकाएर इच्छाराज तमाङ नेपाल फर्किएका थिए । त्यसपछि तामाङले करारमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढाउन सुरु गरे । सोहीक्रममा सात दोबाटोस्थित गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा अध्यक्ष भएका थिए । इच्छाराजले आफ्ना ज्वाइँ डम्बरबहादुर बमजनलाई उपयोग गर्दै उक्त सहकारीको अध्यक्ष भएका थिए ।
गोरखा सहकारीमा तामाङका महत्वकांक्षी सिभिल होम आवास योजनाले फक्रिने मौका पाएको थियो । अध्यक्षबाटै सहकारीको रकम नियमविपरीत उपयोग हुन थालेपछि बमजन र तामाङ (ज्वाइँ जेठान) बीच तनावको अवस्था सृजना भयो । त्यसपछि तामाङ गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी निकालिए ।
ज्वाइँको सहकारीबाटै गलत्याएर निकालिएका तामाङ विक्षिप्त बने । उनी त्यसबाट हार मानेन बरु नयाँ सहकारी खोल्ने र त्यसबाट आफ्ना कामहरू गराउने मनस्थितिमा तामाङ पुगे । महत्वकांक्षी र ठगीमा अभ्यस्त भइसकेका तामाङको अध्क्षतामा सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ संस्थाको स्थापना गरे ।
आर्थिक वर्ष २०५७/५८ मा सिभिल सहकारी संस्थाले करिब ४ करोड मुनाफा कमाउन सफल भयो । उक्त मुनाफाबाट हौसिएका तामाङले सहकारीमा संकलन भएको निक्षेपबिना धितो तथा सहकारी ऐनविपरीत हुने गरी सिभिल होम प्रालिमा खन्याउन जोडबल गर्न थाले ।
सोमाबार साँझ सिभिल मलबाट तामाङ पक्राउ परे । उनीसँगै सिभिल सहकारीका अध्यक्ष केशव श्रेष्ठसहित ११ जना सञ्चालक पनि पक्राउ परे । श्रेष्ठलाई सहकारीको अध्यक्ष तामाङले नै बनाएका हुन् । श्रेष्ठ तामाङका मामाससुरा हुन् । सहकारीबाटै करिब ७० करोड किर्ते गरी सिभिल होममा लगानी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
तामाङले सो प्रस्ताव सहकारीको सञ्चालक समितिमा राखेपछि सहकारी दुई समूहमा विभाजित भयो । तामाङसहितको शक्तिशाली समूह सिभिल सहकारीको पैसा सिभिल होममा लगानी गर्नुपर्नेमा देखियो भने अर्को समूहले जनताको निक्षेप नियमविपरित हाउजिङ्गमा लगानी गर्न नदिने अड्डी कस्यो ।
सहकारीको नियमनुसार एक व्यक्तिले झिक्न पाउने सीमाभित्र रही पर्याप्त धितो राखेर रकम लैजान र किस्ता तिर्न उक्त समूहले तामाङलाई दबाब दियो । नियमनुसार कर्जा लगानी गर्न र कर्जाको किस्ता र ब्याज सहकारीमा बुझाउन भनेपछि तामाङ समूहले उक्त प्रस्ताव स्वीकार गरेन ।
तामाङ समूह र विरोधी समूहबीच २ वर्ष झगडा भएपछि २०६६ सालामा सोल्टी होटलमा आयोजित संस्थाको बार्षिक साधारणसभामा अर्को समूहलाई तामाङले गुन्डाहरू राखेर प्रवेशमा निषेध गरे ।
उक्त साधारणसभाले कार्य समितिको निर्णयअनुसार विरोधी समूहको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय गर्यो । तामाङको उक्त हर्कतविरुद्ध विरोधी समूह सर्वोच्च अदालतामा गयो । सिभिल सहकारीका संस्थापक अध्यक्ष तामाङ र सहकारी विभागलाई विपक्षी बनाइ मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दा विरोधी समूहले जितेको थियो ।
मुद्दा जितेपनि इन्छाराज तामाङको ज्यादती तथा अवैध क्रियाकलापबाट आजित भएर उक्त समूह सिभि सहकारी संस्थाबाट बाहिरिएको थियो ।
सिभिल होममा चरणबद्ध घोटलाका किस्सा
सिभिल होमको पहिलो चरणका घर बिक्रीबाट प्राप्त भएको मुनाफाबाट हौसिएका तामाङले किर्ते गरी दोस्रो चरणमा पनि घरहरू निर्माण गरी बेच्न सुरू गरे । उनले सिभिल होमअन्तर्गत कलंकी नजिक ढुङेअड्डामा सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास योजनाबाट ९६ घरका निर्माणका लागि अनुमति पाएका थिए । उनले घर विक्री गर्ने क्रममा आकर्षक घर सहित फराकिलो बाटो, स्विमिङ पुल र जिम हल र पार्क सम्मका सुविधाहरूको ब्रोसर छापेर दोस्रो चरणमा कानून विपरित २७ घर थप गरेर १२३ घर बिक्री गरे ।
सुविधाअनुसार घर सुविधा उपलव्ध गराउन तामाङ असफल भएपछि दोस्रो चरणमा घर खरिद गर्ने ग्राहकहरूको समूह ‘वेलफेयर सोसाइटी अफ सिभिल होम फेज टु’ तामाङविरुद्ध उच्च अदालतमा गयो ।
तामाङविरुद्ध संयुक्त आवास ऐननुसार नगर विकास गर्नुपर्ने तथा सुविधा पाउनुपर्ने भन्दै उनीहरूले मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दा वेलफेयर सोसाइटीले जित्यो । मुद्दा हारेपछि विक्षिप्त बनेका तामाङ सर्वोच्च अदालत गुहार्न पुगे । सर्वोच्च अदालतले पनि उच्च अदालको फैसाल सदर गरेको थियो ।
सर्वोच्च अदालतले बिक्री भएका घरहरू तुरुन्त हस्तान्तरण गर्न तथा सुविधाहरू दिन तामाङको नाममा आदेश दिएको थियो । संयुक्त आवास ऐनमा मल्टीस्टोरेज विल्डिङको हस्तान्तरणसम्बन्धी मात्रै व्यवस्था भएको र व्यक्तिगत आवास हस्तान्तरण सम्वन्ध कानूनी व्यवस्था नभएकाले उक्त फैसला कार्यान्वयनमा आएको देखिँदैन ।
कुनै पनि ठगी वा फैजदारी अभियोगमा मुछिएको व्यक्ति बैंक सञ्चालकका लागि अयोग्य हुने भनी उक्त ऐनमा प्रस्टरूपमा व्यवस्था गरिएको छ । कानून आफ्नो हातमा लिई तामाङले आफूविरुद्धको मुद्दा ढकाछोप गरी बैंकको सञ्चालक समितिको अध्यक्ष भएको देखिन्छ ।
शहरी विकास विभागले संयुक्त आवास ऐन संशोधन गर्ने बताएकाले सर्वोच्च अदालतबाट उक्त फैसला कार्यान्वयन नभएको देखिन्छ ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा आउन नसकेपछि दोस्रो फेजमा घर खरिद गरेका बासिन्दाले मुद्दा जितेर पनि घर उनीहरूको नाममा नामसारी भएको छैन ।
विभागको कानून संशोधन गर्नुपर्ने भनाइका कारण सिभिल होम आवास योजना अन्तर्गतको दोस्रो फेजदेखि छैटौं फेज र सिटीसी मलसम्मका खरिदकर्ताहरू पीडित भएका छन् ।
तामाङले सिभिल होम योजनाअन्तर्गतका हस्तान्तरण नभएका घर तथा महलहरू, स्वीमिङ, पार्क, क्लव हाउससम्म जग्गाहरू समेत सिभिल सहकारीमा राखी करोडौं रूपैयाँ कर्जा लिएका छन् । साथै उनले दोस्रो फेजका घरहरू राष्ट्रिय सहकारी बैंकमा धितो राखेर ४ करोड र तेस्रो फेजका घरहरू धितो राखेर ८ करोड रूपैयाँ कर्जा लिएको देखिन्छ ।
राष्ट्रिय सहकारी बैंकले पनि तामाङको इसारामा धितो मुल्याङकन गर्न नआई कर्जा दिएको सिभिल होम समूहका एक सदस्य बताउँछन् ।
यसैगरी तामाङले सोल्टीमोडस्थित सिभिल सहकारीको केन्द्रीय कार्यालय समेत व्यक्तिको नाममा धितो राखी कर्जा लिएको जानकारी प्राप्त भएको छ ।
‘राष्ट्रिय सहकारी बैंक धितो मूल्याङ्कन गर्न पनि कहिले आएको देखिएन । हामीले थाहा पाएको भए धितो रोक्का हुने देखेर उनले बाहिरबाटै कसरी मिलाए जानकारी नै पाइएन ’, ती सदस्यले भने ।
एक्ला-एक्लै लडेर सम्भव नहुने देखिएपछि सिभिल होमअन्तर्गतका पीडित सबैले मिलेर इच्छाराजविरुद्ध संघर्षका लागि एक छाता समूह निर्माण गरेका छन् ।
दोस्रो फेजका २७ सदस्यहरूसहित तेस्रो फेजका ३०० जना , चौथो, पाचौं र छटौं फेज र सिभिल मलका समेत पीडित सदस्यहरूले सिभिल वेलफेयर सोसाइटी निर्माण गरी तामाङविरुद्ध संघर्ष गरिरहेका छन् । तर, तामाङले सत्ता र शक्तिको दुरूपयोग गरी दबाबलाई अटेर गर्दै आएका थिए ।
सहकारीका निक्षेपकर्तामात्रै नभएर सिभिल होमका घर किनेर बसेका समेत पिडित भएको अर्का सदस्यले बताए ।
‘सपना देखाउने र बिपनामा तामाङले रुवाउने गरेका छन्’, उनले भने ‘सिभिल सहकारी संस्थाका निक्षेपकर्तामात्रै होइन सिभिल होममा बसेका सबै मानिसहरू धरधरी रोएका छन् । ’
तामाङ र उनकी श्रीमतीको नाममा सिभिल होमको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेकाले उनले एकलौटी ढङ्गले सम्पत्ति अपलचन गरेका छन् । उनले श्रमतीसँग कानूनीरूपमा डिभोर्स गरी सम्पत्तिहरू उनको नाममा नामसारी गरेको समेत बताइन्छ ।
दोस्रो फेजदेखिका घरहरूमा उपलब्ध गराउने भनिएको कुनै पनि सुविधा उपलब्ध नगराएको उनीहरूको गुनासो रहेको छ ।
काउन्सिल वाइरिङ, इन्टरकम, स्विमिङ पुल, क्लव हाउस र घर हस्तान्तरण सम्मका कामहरू नगरेको सिभिल होमका घर खरिद गरेर वसेकाहरूले बताउने गरेका छन् ।
राजनीतिक संरक्षण
आफ्नो फाइदाका लागि राजनीतिक शरण लिनका लागि माहिर मानिने तामाङले सबै समयनुसार सबै राजनीतिक दलनिकट रहेको बताउने गरेका छन् । उनी कुनै समय आफूलाई कांग्रेस तथा माओवादीप्रति अगाध आस्था रहेको भन्दै आफूलाई ती पार्टीमा आवद्ध देखाउँथे ।
उनले राजनीतिमा हालका नेकपा एसका नेता जगन्नाथ खतिवडालाई उपयोग गर्दै संविधानसभाको दोस्रो निर्वाचनमा उदयपुरबाट समानुपातिक तर्फका सांसद बनेका थिए । सरकार परिवर्तन भएसँगै उनलाई सीआईबीले सिभिल महलबाट पक्राउ गरेको हो ।
एक्ला-एक्लै लडेर सम्भव नहुने देखिएपछि सिभिल होमअन्तर्गतका पीडित सबैले मिलेर इच्छाराजविरुद्ध संघर्षका लागि एक छाता समूह निर्माण गरेका छन् ।
जनताको सम्पत्ति जथाभावी रूपमा अपचलन गरेपछि तामाङ अख्तियारदेखि सम्पत्ति शुद्धीकरण विभागको समेत छानविन तथा शंका घेरामा परेका थिए । उनले राजनीतिक शक्तिको आडमा ती सबै मुद्दाहरूमा तामेलीमा राख्न सफल भएका छन् । ती निकायले गरेका अनुसन्धानका कुनै पनि प्रतिवेदनहरू सार्वजनिक हुन सकेको छैन ।
शक्तिकै आडमा सिभिल बैंकको अध्यक्ष
सत्ता शक्ति र पहुँचका आधारमा तामाङ सिभिल होमका अध्यक्ष बनेका बताइन्छ । सिभिल बैकको पनि यिनले कर्जाको दुरूपयोग गरेका छन् । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ ‘बाफिया’ ले बैंकको सञ्चालक समितिको अध्यक्षको योग्यताबारे प्रष्ट व्यवस्था गरेको छ ।
कुनै पनि ठगी वा फैजदारी अभियोगमा मुछिएको व्यक्ति बैंक सञ्चालकका लागि अयोग्य हुने भनी उक्त ऐनमा प्रस्टरूपमा व्यवस्था गरिएको छ । कानून आफ्नो हातमा लिई तामाङले आफूविरुद्धको मुद्दा ढकाछोप गरी बैंकको सञ्चालक समितिको अध्यक्ष भएको देखिन्छ ।
बाफियाबमोजिम उनी बैंकको सञ्चालक समिति हट्नुपर्ने अवस्था सृजना भएको छ । यसमा नेपाल राष्ट्र बैंकले समेत बैंकलाई आवश्यक दबाब दिनुपर्ने बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।
तामाङ सिभिल बैंकको अध्यक्ष बनेपछि उनले आफ्ना मामाससुरा केशवलाल श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी दिएका थिए ।
स्मरण रहोस् सिभिल बैंक क्षमतानुसार मुनाफा कमाउन नसकेको बैंक हो । नेपाल राष्ट्र बैंकले मर्जर गरिहाल्नुपर्ने सूचीमा राखेको बैंक मध्ये पर्छ सिभिल बैंक । बैंकको क्षमतानुसार मुनाफा कमाउन नसकेको र मौका पाउनसाथ उच्चरूपमा ब्याजदर बढाउने बैंकको लिस्टमा सिभिल बैंक पनि पर्ने गरेको छ ।