कांग्रेस कार्यालयमा अनसन बसेका कार्यकर्ता देउवाको निर्देशनमा पक्राउ – Nepal Press

कांग्रेस कार्यालयमा अनसन बसेका कार्यकर्ता देउवाको निर्देशनमा पक्राउ

ललितपुर । क्रियाशील सदस्यता विवाद समाधानको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनसनमा बसेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कांग्रेस पदाधिकारी बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सानेपामा जारी अनसन अन्त्य गर्न पहल गर्ने बताएको केहीबेरमै प्रहरीले रामगोविन्द यादवलाई पक्राउ गरिएको हो । उनलाई प्रहरीले वीर अस्पतालमा लगेको छ ।

नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति लक्ष्मण रायले पार्टीभि न्याय खोज्न अनसन बसेकालाई प्रहरी लगाएर नियन्त्रणमा लिनु निन्दनीय रहेको बताए ।

बालुवाटारमा आज पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सानेपामा जारी अनसन तत्काल सम्बोधन गर्न सभापति देउवालाई २४ घण्टे अल्टिमेटम दिएका थिए । प्रधानमन्त्री देउवाकै निर्देशनपछि प्रहरीले यादवलाई पक्राउ गरेर अस्पताल लगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर