विश्वासको मत पाएको भोलिपल्ट महन्तलाई भेटेर मुख्यमन्त्रीले लिए आशीर्वाद – Nepal Press

विश्वासको मत पाएको भोलिपल्ट महन्तलाई भेटेर मुख्यमन्त्रीले लिए आशीर्वाद

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरका महन्त रामपतेश्वर दासको खुट्टा छोएर आशीर्वाद लिएका छन् ।

बुधबार विश्वासको मत लिएका मुख्यमन्त्री राउतले आज जानकी मन्दिर पुगेर महन्त दासको खुट्टा छोएर आशीर्वाद लिएका हुन् । आशीर्वाद दिँदै महन्त दासले राउतलाई माला लगाइदिए । सो क्रममा मुख्यमन्त्री राउतले महन्त दाससँग केहिबेर साक्षात्कारसमेत गरे ।

हिन्दू धर्म, संस्कृति र परम्पराप्रति अगाध आस्था रहेको सन्देश दिन मुख्यमन्त्री राउत महन्तको खुट्टा छोएर आशीर्वाद लिएर जसपाका एक नेताले बताए । राउत मुख्यमन्त्रीको सपथ लिएका बेला पनि जानकी मन्दिर पुगेका थिए ।

मदरसा विद्येयक ल्याएर प्रदेश २ लाई तालिबान बनाउन खोजेको आरोप लगाउँदै पछिल्लो समय राष्ट्रिय एकता समाज आन्दोलित छ । समाजको आन्दोलनलाई लक्षित गर्दै मुख्यमन्त्री राउतले बुधबार सदनमा भनेका थिए, ‘के यो मुलुकमा मुस्लिम हुनु अपराध हो ?’

यो मुलुक बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक होइन ? भन्ने प्रश्न गर्दै मुख्यमन्त्री राउतले आफूलाई विभिन्न संगठन र देशसँग जोडिने गरेकोमा दुःख व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर