जीवन राईलाई केन्द्रीय सदस्य दिएर नेकपा एसले कलम चिन्ह लिने
नेपाल प्रेस
२०७८ असोज २१ गते १९:१९
काठमाडौं । नेकपा एकीकृत समाजवादीले जीवन राईलाई केन्द्रीय सदस्य बनाएर कलम चिन्ह लिने भएको छ । यसअघि निर्वाचन आयोगमा दर्ता भएको नेकपा एकीकृतको नाममा कलम चिन्ह रहेको छ ।
एमालेमा रहदा माधव नेपाल समूहका युवा नेता जीवन राईले पार्टी नेताहरुकै सल्लाहमा गत वैशाखमा नेकपा एकीकृत दर्ता गरेका थिए भने उनी आफैं अध्यक्ष छन् ।
अब नेकपा एसमा जीवन राईलाई केन्द्रीय सदस्य बनाएर सो पार्टीलाई कानूनी रुपमा गाभ्ने र कलम चिन्ह लिने तयारी रहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
प्रतिक्रिया
One thought on “जीवन राईलाई केन्द्रीय सदस्य दिएर नेकपा एसले कलम चिन्ह लिने”
Leave a Reply
सम्बन्धित खवर
फागुन २३, २०७७ देखि नै माधव नेपाल नयाँ पार्टी बनाउनमा लागेका थिए तर नेता कार्यकर्तालाई भ्रमित बनाउन वार्ता र सहमतिको नाटक गर्दै वैशाखमा जीवन राईको नेतृत्वमा पार्टी दर्ता गरे। फेरि पनि वार्ताको नाटक भइरह्यो। अहिले कलम चिन्ह लिन तिनै राईलाई केन्द्रीय सदस्य दिएर पार्टी एकताको नाटक हुँदैछ।