पर्यटन विभागमा महानिर्देशकको जिम्मेवारी सहसचिव अधिकारीलाई – Nepal Press

पर्यटन विभागमा महानिर्देशकको जिम्मेवारी सहसचिव अधिकारीलाई

काठमाडौं । पर्यटन विभागमा महानिर्देशकको जिम्मेवारी सहसचिव तारानाथ अधिकारीलाई दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीलाई विभागको महानिर्देशकमा पठाएको हो ।

तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा भएसँगै रिक्त पदमा मन्त्रालयकै प्रशासन तथा योजना महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकारीलाई पर्यटन विभागमा महानिर्देशको जिम्मेवारी दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *