बाजुरा कांग्रेसमा रावल विजयी, पौडेल–सिटौला पक्ष मिल्दा पदाधिकारीमा पनि संस्थापन पक्ष पराजित – Nepal Press

बाजुरा कांग्रेसमा रावल विजयी, पौडेल–सिटौला पक्ष मिल्दा पदाधिकारीमा पनि संस्थापन पक्ष पराजित

कैलाली । नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन् । निवर्तमान पार्टी सभापति कबिराज पण्डितलाई ३९ मतले पराजित गर्दै रावल विजयी भएका हुन् ।

दोस्रो चरणको मतदानमा ११ सय ८२ मत खसेका थिए । रावलले ६ सय ५ र पण्डितले ५ सय ६६ मत ल्याएका छन् । पहिलो चरणमा कबिराज पण्डित, रामसिंह रावल र चक्र शाहबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नपुगेपछि सभापतिको लागि दोस्रो चरणमा मतदान भएको हो ।

पहिलो चरणमा कुल खसेका १२ सय ५ मत मध्ये कबिराज पण्डितको ४ सय ८९, रामसिह रावलले ४ सय ७४ र चक्र शाहले १ सय ५२ मत ल्याएका थिए ।

पहिलो चरणमा १ सय ५२ मत ल्याएका शाहले दोस्रो चरणको चुनावमा रावललाई सहयोग गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गरेपछि रावल बलियो देखिएका थिए ।

छैटौं अधिवेशनमा सभापतिमा पन्डितसँग रावल पराजित भएका थिए । बिहीवार सम्पन्न मतगणनामा उपसभापतिमा निर्वाचित पदम बडुवाल, नारायण पाध्याय पौडेल र सिटौला पक्षका हुन् ।

त्यस्तै सचिवमा निर्वाचित तिलक पुरी, भरत बहादुर रोकाया पनि पौडेल र सिटौला पक्षका हुन् । सह–सचिव निर्वाचित भएका सुरेन्द्र बहादुर सिंह मात्रै देउवा पक्षका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर