अमेरिकी राजदूतले चंगा उडाएर साटे दसैँको खुसी
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सहकर्मीमाझ दसैँको शुभकामना साटासाट गरेका छन् ।
आज फूलपातीको दिन उनले नेपालस्थित अमेरिकी दूतावासमा चंगा उडाए । बेरीले चंगा उडाएर दसैँ मनाएको तस्बिरहरू ट्वीटरमार्फत सेयर गरेका छन् ।
नेपाली तथा अमेरिकी सहकर्मी र बालबालिकाको साथमा उनले रमाइलो गरेका छन् । सबैलाई दसैँको शुभकामना दिँदै राजदूत बेरीले आफूहरूले धेरै रमाइलो गरेको बताएका छन् ।
To celebrate Dashain, I invited Nepali & American colleagues & their kids over to celebrate. It was so much fun! Happiest of Dashain everyone!
दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं। तपाईंहरू सवैमा दसैंको धेरै शुभकामना।🙏 pic.twitter.com/sN5DeMNeQf— Ambassador Randy Berry (@USAmbNepal) October 12, 2021