भारतीय ग्याँस ट्याङ्करबाट १२० केजी गाँजा बरामद – Nepal Press

भारतीय ग्याँस ट्याङ्करबाट १२० केजी गाँजा बरामद

जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिका- २५ मा पार्किङ गरी राखेको भारतीय नम्बरको ग्याँस ट्याङ्करबाट १२० केजी गाँजा बरामद भएको छ ।

भारतीय  NL01K0754 नम्बरको एलपी ग्याँस बोक्ने ट्याङ्कर संकास्पद रूपमा रोकिएको अवस्थामा प्रहरीले जाँच गर्दा गाँजा बरामद भएको हो । ट्याङ्करको चालक बस्ने क्याबिनभित्र सुनियोजित तरिकाले लुकाएको १२० केजी गाँजा बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

ट्याङ्कर चालक तथा धनीको पहिचान गरी खोजतलास गर्ने लगायतका अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *