७ जिल्लाको सीडीओकाे सरुवा (सूची) – Nepal Press

७ जिल्लाको सीडीओकाे सरुवा (सूची)

काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारी(सीडीओ)सहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रमुख जिल्ला अधिकारीसहित १२ कर्मचारीको सरुवा गरिएको हो ।

निर्णय अनुसार कैलालीका सीडीओ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका सीडीओ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका सीडीओ श्रीनाथ पौडेललाई रोल्पाको सहायक सीडीओमा पठाइएको छ । यस्तै अर्घाखाँचीका प्रजिअ विष्णु पौडेल र स्याङजाका सीडीओ दिपकराज नेपाललाई गृहमन्त्रालयमा ल्याईएको छ ।

यसैगरी सहसचिव किरण थापालाई कैलाली, जगन्नाथ पन्तलाई पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, विपद् व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाललाई सिन्धुपाल्चोकको सीडीओमा सरुवा गरिएको छ ।

यस्तै कारागार व्यवस्थापन विभागका निर्देशक बेदनिधि अधिकारीलाई डोल्पा, उपसचिव नेत्रप्रसाद शर्मालाई मुस्ताङ र उपसचिव राजुप्रसाद पौडेललाई स्याङ्जाको सीडीओमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *