माओवादी बैठक जारी,सत्ता गठबन्धनलाई आगामी चुनावसम्मै लैजाने – Nepal Press

माओवादी बैठक जारी,सत्ता गठबन्धनलाई आगामी चुनावसम्मै लैजाने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बसिरहेको छ । पार्टीको राष्ट्रिय सम्मेलनअघि गर्नुपर्ने तल्ला तहका सम्मेलनहरुको कार्यतालिका तय गर्न बैठक बोलाइएको हो ।
सरकारको समिक्षा गर्ने र अहिलेको सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजानुपर्ने पक्षमा अध्यक्ष प्रचण्डले प्रस्ताव राखेका छन् ।

माओवादी केन्द्र अर्ली इलेक्सनको विपक्षमा छ ।सत्ता गठबन्धनको केन्द्रको संयन्त्रलाई वडा तहसम्म लैजानेबारेमा समेत छलफल भइरहेको बेला माओवादी बैठकमा यी विषय समेत एजेण्डा छन् ।

माओवादीले अन्य वामपन्थी पार्टीहरुसँग पनि एकताको पहल गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर