दुई सातादेखि कपिलवस्तुमा फैलिएको झाडापखला नियन्त्रणमा – Nepal Press

दुई सातादेखि कपिलवस्तुमा फैलिएको झाडापखला नियन्त्रणमा

रूपन्देही । असोज १८ गतेदेखि कपिलवस्तुको कृष्णणनगर नगरपालिकाका तीन वटा वडामा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको तीन वटा वडामा देखिएको झाडापखाला नियन्त्रणमा आइसकेको बताएको छ।

असोज १८ गतेदेखि कृष्णनगर नगरपालिकाभित्रका वडा नम्बर ७, ८ र ९ मा झाडापखलाको प्रकोप फैलिएको थियो। मन्‍त्रालयका अनुसार उक्त समयमा आठ सय ८५ जना बिरामी थिए। ती बिरामीमध्ये शिवराज अस्पतालमा अझै २५ जनाको उपचार जारी छ। हालसम्म आठ सय १९ जना निको भइसकेर घर फर्किएको मन्त्रालयले जनाएको छ। झाडापखलाबाट चार जनाको मृत्यु भएको छ।

मन्त्रालयले विज्ञप्ति निकालेर स्थानीय, प्रदेश र संघीय सरकार र विश्व स्वास्थ्य संगठनलगायतका संस्थाहरूको समन्वयमा झाडापखाला नियन्त्रणमा ल्याइएको बताएको छ।

झाडापखालापछि विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुना लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा भाइब्रियो कोलेरा र ओगावा भाइरस देखापरेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिएका छन् ।

खानेपानी संस्थानले वितरण गरेको पानी र घरघरमा गाडिएका चापाकलको पानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जीवाणु फेला परेको थियो।

दूषित खानेपानीको प्रयोग र सरसफाइको कमीका कारण झाडापखला फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख पाण्डेका अनुसार २१ जनाको दिशा परीक्षण गरिएकोमा ४ जनामा हैजाको जीवाणु भेटिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *