सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भुकम्प, काठमाडौंमा पनि धक्का महसुस
नेपाल प्रेस
२०७८ कार्तिक १ गते १४:१०
काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चाेक केन्द्रविन्दु बनाएर दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
सिन्धुपाल्चोकको पाङफुङ आसपास केन्द्रविन्दु बनाएर दुई पटक भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौं, भक्तपुर र दोलखामा समेत धक्का महसुस गरिएको थियो ।
प्रतिक्रिया
Halka hallayo