साफ उपविजेता फुटबल टिमका खेलाडीलाई पाँच लाख र प्रशिक्षकलाई तीन लाख दिने सरकारकाे निर्णय
नेपाल प्रेस
२०७८ कार्तिक १ गते १७:३५
काठमाडौं । सरकारले साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले फुटबल खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने निर्णय गरेको हो ।
मन्त्रीपरिषद स्रोतका अनुसार साफमा सहभागी राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले जनही ५ लाख रुपैयाँ पाउनेछन् । यस्तै प्रशिक्षकहरुलाई प्रोत्साहनवापत ३ लाख दिने निर्णय भएको छ ।
नेपालले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसीपमा दोस्रो स्थान हासिल गरेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपमा उपविजेता बनेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर