प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण तय, कोप-२६ मा भाग लिन स्कटल्यान्ड जाँदै – Nepal Press

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण तय, कोप-२६ मा भाग लिन स्कटल्यान्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डमा हुने भएको छ । स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी वल्र्ड लिडर समिटमा उनी सहभागी हुनेछन् ।

आज बसेको मन्त्रीपरिषद वैठकले देउवाको नेतृत्वमा उक्त सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । ग्लास्कोमा आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म ‘कोप २६ समिट’ आयोजना हुँदैछ । उक्त समिटमा अमेरिकाका राष्ट्रपति जोय बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका चर्चित नेताहरु सहभागी हुनेछन् ।

विश्वव्यापी जलवायू संकटलाई सम्वानेधन गर्ने कोप २७६ को लक्ष्य रहेको छ । सम्मेलनमा २० देखि २५ हजार जनाको सहभागिता रहने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर