अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त
काठमाडौं । अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति प्रधानमन्त्री शेर बहादुर देउवाले दु:ख व्यक्त गरेका छन् । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड-१९ सँग सम्बन्धित जटिलताका कारण सोमबार राति निधन भएको थियो ।
पावेलको ८४ वर्षको उमेरमा निधन भएको उनको परिवारले घोषणा गरेको थियो । रिपब्लिकन दलमा आबद्ध पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारीसमेत रहेका थिए ।
सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए । उनी अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्तिसमेत हुन् ।
उनको निधनप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सन् २००२ मा नेपालमा उनीसँगको भेटसमेत सम्झिएका छन् ।
I am deeply saddened by the passing of Gen. Colin Powell, former U.S. Secretary of State. I fondly remember meeting him in Nepal and the U.S. in 2002. My thoughts are with his loved ones.
— Sher Bahadur Deuba (@SherBDeuba) October 18, 2021