प्रधानमन्त्रीलाई गगनको सुझाव- विपद्मा परेका जनताको अभिभावक बनेर देखाउनुस्
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्राकृतिक विपद्का कारण समस्यामा परेका जनताप्रति उत्तरदायी बन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता थापाले लगातारको वर्षाका कारण देशका कयौं ठाउँमा समस्यामा परेका जनतालाई सरकारले अभिभावक भएको आभास दिलाउने बेला आएको बताएका हुन् ।
‘यो बेला नै हो सरकारले अभिभावक भएको आभास दिलाउने । प्रधानमन्त्रीज्यू, आफन्त गुमाएका, विस्थापित भएका, खेतीबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस्, दुःखमा समानुभूतिको महसुस गराउनुहोस्’, थापाले भनेका छन् ।
केहिदिन देखिको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका कयौँ ठाउँमा बाढी,पहिरोले जनजीवन अस्तव्यस्त भएको छ।यो वेलानै हो सरकारले अभिभावक भएको आभास दिलाउने।@PM_nepal_आफन्त गुमाएका,विस्थापित भएका,खेतिबाली नष्ट भएका,जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस,दु:खमा समानुभुतिको महसुस गराउनुहोस
— Gagan Thapa (@thapagk) October 20, 2021