मेरापिक हिमालमा बेपत्ता आरोहीमध्ये तीनजना सम्पर्कमा, बेलायतीको अवस्था गम्भीर – Nepal Press

मेरापिक हिमालमा बेपत्ता आरोहीमध्ये तीनजना सम्पर्कमा, बेलायतीको अवस्था गम्भीर

काठमाडौं । ६,४७६ मिटर अग्लो मेरापिक हिमाल आरोहणमा बेपत्ता भएका ४ जना मध्ये तीन जना सम्पर्कमा आएका छन् ।

आरोहणमा गएका तीनजना नेपाली र एक बेलायतीसहित चारजना आरोही सम्पर्कविहीन भएका थिए । तीमध्ये दुई नेपाली र एक बेलायती सम्पर्कमा आएको हो । हराएका बाँकी एकको खोजी कार्य जारी रहेको नेपाल पर्वतारोहण संघले जनाएको छ ।

सो क्षेत्रमा परेको भारी हिमपातपछि उनीहरु हराएको थिए । संघबाट अनुमति लिएर २ वटा आरोहण टोली त्यसतर्फ गएको थियो । उनीहरु असोज २२ गते त्यसतर्फ प्रस्थान गरेको र कात्तिक ७ गते फर्कने योजनासहित मेरापिक हिमालतर्फ लागेका थिए ।

दुई समूहमध्ये एउटामा १५ जना नेपाली आरोही संलग्न थिए । उनीहरु अग्लो भूभागमा नाचेर विश्व कीर्तिमान कायम गरेपछि फर्कँदै थिए । आउँदै गर्दा हिमपात भएपछि ३ जना ओढारमै बसेका थिए भने अन्य फर्किएका थिए ।

पैदल हिडेर गएको टोलीले ओढारबाट उनीहरुको उद्दार गरेको हो । तीमध्ये बेलायती नागरिकको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *