विपद्पीडितलाई राहत र क्षतिपूर्ति दिने सरकारको निर्णय
नेपाल प्रेस
२०७८ कार्तिक ३ गते १५:५७
काठमाडौं । देशको विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानबाट पीडित भएकाहरूलाई सरकारले तत्काल राहत र क्षतिपूर्ति दिने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले पीडितहरूलाई तत्काल उद्धार गरी उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रतिक्रिया