नेपालमा भोकमरीको अवस्थामा वृद्धि : ग्लोबल हङ्गरको सूचीमा नेपाल ७६ औं स्थानमा
नेपाल प्रेस
२०७८ कार्तिक ३ गते १७:३६
काठमाडौं । नेपालमा भोकमरीको अवस्था औषत रहेको एक विश्वव्यापी अध्ययनले देखाएको छ । ग्लोबल हङ्गर इन्डेक्स २०२१ को सूचीमा नेपाल १९.१ अंकसहित ७६ औं स्थानमा छ ।
उक्त अध्ययनले पछिल्लो वर्षहरुमा नेपालमा भोकमरीको अवस्थामा वृद्धि हुँदै गएको पनि देखाएको छ ।
कूल ११६ मुलुकमा गरिएको अध्ययनमा नेपाल दक्षिण एसियामा श्रीलंका र बंगलादेशपछिको तेस्रो स्थानमा छ । भारत दक्षिण एसियामै पाकिस्तानभन्दा पनि पुछारमा छ ।
सूचीको पुछारमा सोमालिया रहेको छ जहाँको भोकमरीको अवस्था निकै उच्च छ । उक्त अध्ययनका अनुसार नेपालमा खाद्य संकटको कारण हुने भोकमरीको अवस्था नाजुक बन्दै गएको पनि देखिएको छ ।
प्रतिक्रिया
One thought on “नेपालमा भोकमरीको अवस्थामा वृद्धि : ग्लोबल हङ्गरको सूचीमा नेपाल ७६ औं स्थानमा”
Leave a Reply
सम्बन्धित खवर
GHI को रिपोर्टमा त ७३ औं स्थानमा छ । अनि १०७ वटा देशको तुलना गरिएको छ त ।