यी हुन् माओवादीका ३३ विभाग र प्रतिष्ठानका प्रमुख (सूचीसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिँदै विभागका प्रमुखहरू तोकेको छ । स्थायी कमिटीको विहीबार बसेको बैठकले बढीमा ३५ सदस्य रहने गरी विभागहरू गठन गरेको हो ।
प्रवक्ता कृष्णबहादुर महराका अनुसार विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको छ । त्यसको प्रमुख रामचन्द्र झा छन् भने स्कूल विभागको इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं छन् ।
विभाग प्रमुखहरु यस प्रकार छन् :-
१. अर्थ तथा योजना विभाग- वर्षमान पुन
२. संगठन विभाग- जनार्दन शर्मा
३. विदेश मामिला विभाग- नारायणकाजी श्रेष्ठ
४. प्रचार तथा प्रकाश विभाग- कृष्णबहादुर महरा
५. विपद व्यवस्थापन विभाग- सूर्य सुवेदी
६. उद्योग मामिला विभाग- वामदेव क्षेत्री
७. कृषि तथा भूमिसुधार विभाग-हरिबोल गजुरेल
८. उपभोक्ता हित संरक्षण विभाग-मात्रिका यादव
९. कोष तथा आर्थिक विभाग-डोरप्रसाद उपाध्याय
१०. खानेपानी विभाग-विना मगर
११. जलस्रोत तथा ऊर्जा-लिलामणी पोखरेल
१२. निर्वाचन विभाग-खिमलाल देवकोटा
१३. कानून विभाग-मुक्ति प्रधान
१४. पर्यटन विभाग-झक्कुप्रसाद सुवेदी
१५. प्रादेशिक मामिला विभाग-पर्शुराम तामाङ
१६. पार्टी स्कूल विभाग-गिरिराजमणी पोखरेल
१७. पुस्तकालय तथ अभिलेख-नारायणप्रसाद शर्मा
१८. भौतिक पूर्वाधार विभाग-हरि अधिकारी
१९. युवा तथा खेलकुद विभाग-गणेशमान पुन
२०. राजकीय मामिला विभाग-रेखा शर्मा
२१. राष्ट्रिय सुरक्षा विभाग-कृष्णबहादुर महरा
२२. वन तथा वातावरण-शक्ति बस्नेत
२३. विज्ञान तथा प्रविधि विभाग-गणेश साह
२४. शिक्षा तथा मानवस्रोत विभाग-मायाप्रसाद शर्मा
२५. श्रम तथा रोजगार विभाग-रामेश्वर राय यादव
२६. संघीय संसदीय विभाग-देव गुरुङ
२७. समाज कल्याण विभाग-सत्या पहाडी
२८. सहकारी तथा गरिवी विभाग-धर्मदत्त देवकोटा
२९. शहरी विकास विभाग-देवेन्द्र पौडेल
३०. सामान्य प्रशासन विभाग-टेकबहादुर बस्नेत
३१. साहित्य तथा कला विभाग-गोपाल ठाकुर
३२. स्थानीय तह विभाग-उर्मिला अर्याल
३३. स्वास्थ्य तथा जनसंख्या विभाग-कल्पना धमला
३४. नीति अध्ययन प्रतिष्ठान-रामचन्द्र झा