कांग्रेसप्रति ओलीको टिप्पणी : आफूलाई लोकतान्त्रिक भन्ने पार्टी पनि महाधिवेशन गर्न असफल भयो – Nepal Press

कांग्रेसप्रति ओलीको टिप्पणी : आफूलाई लोकतान्त्रिक भन्ने पार्टी पनि महाधिवेशन गर्न असफल भयो

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस महाधिवेशन गर्न असफल भएको टिप्पणी गरेका छन्।

शनिबार पार्टीको वडास्तरीय अधिवेशनको उद्घाटन गर्दै कांग्रेसको नाम नलिइकन आफूलाई लोकतान्त्रिक भन्ने पार्टीले समेत संविधानले दिएको समय सीमा भित्र महाधिवेशन गर्न नसकेको बताए।

‘केही आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरूले महाधिवेशन गर्न नसकेर अल्झिएको अवस्था छ,’ ओलीले भने, ‘पार्टी विधान र नेपालको संविधानले दिएको समयमा पनि महाधिवेशन गर्न असफल भएका छन् ।’

साढे पाँच वर्षभित्र पनि अधिवेशन गर्न नसकेर थपिको समयमा पनि कांग्रेसले अधिवेशन गर्न नसकेको ओलीले बताए। उनले भने, ‘१३ जिल्लामा अझै वडा अधिवेशन समेत हुन सकेको छैन । तर हामीले एकै पटक अधिवेशन सम्पन्न गर्दै छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर