ओलीको गर्जनः एमाले सिध्याइयो भनेर लड्डु खाए, तर हामी अहिले पनि सबैतिर पहिलो शक्ति हौं (भिडिओ) – Nepal Press

ओलीको गर्जनः एमाले सिध्याइयो भनेर लड्डु खाए, तर हामी अहिले पनि सबैतिर पहिलो शक्ति हौं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एक्लै सबैतहमा शानदार बहुमत ल्याउने गरी पार्टीले तयारी गरेको बताएका छन् । सरकारबाट हटेपछि एमाले कमजोर भयो भनेर चलाइएको स्याल हुँइया आफैं कमजोर बनेको उनको भनाइ छ ।

एमालेको देशब्यापी वडा अधिवेसनको भर्चुअल उद्घाटन गर्दै ओलीले जनताले पत्याएको सबैभन्दा सदृढ शक्ति एमाले नै भएको दावी गरे । संघीय संसद तथा सबै प्रदेशमा एमाले नै पहिलो शक्ति भएको उनले बताए ।

ओलीले भने, ‘एमालेलाई सरकारबाट हटाएपछि हल्ला चल्यो, अब एमाले समाप्त भयो भनेर । एमाले युगको अन्त्य भयो र नयाँ युग आयो भनेर भ्रमपूर्ण स्यालहुइया चलाइए । तर, ती हल्लाहरु बेकारका पानीका फोका सावित भएका छन् ।’

उनले थपे, ‘हामीलाई बदनाम र चरित्रहत्या गर्न खोजियो । विभिन्न लान्छना लगाइयो । लड्डु खाने जमाना चल्यो । एमालेको पराजित भयो एमाले सिध्याइयो भनेर विजयोत्सव मनाइएयो । अविर जात्रा गरियो । तर, अहिले पनि तुलना नै गर्न नसक्नेगरी हामी देशको पहिलो शक्ति हौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर