यी हुन् एमाले काठमाडौं महानगर वडा नम्बर १०, ११, २९ र ३१ का पदाधिकारी (सूचीसहित) – Nepal Press

यी हुन् एमाले काठमाडौं महानगर वडा नम्बर १०, ११, २९ र ३१ का पदाधिकारी (सूचीसहित)

काठमाडौं । देशव्यापीरुपमा शनिबार शुरु भएको नेकपा (एमाले)को वडान अधिवेशनको परिणाम आउन थालेको छ। काठमाडौं महनागर अन्तर्गतका ४ वडाको परिणाम नेपाल प्रेसलाई प्राप्त भएको छ।

काठमाडौं वडा नम्बर १० मा ३५ सदस्यीय वडा कमिटी बनेको छ । जसको अध्यक्षमा लक्ष्मीनाराण मर्हजन, उपाध्यक्षमा कल्पना भुसा, सचिवमा किशोर थापा, उपसचिवमा लिबहादुर थापा र विमला लुइँटेल पौडेल चयन भएका छन्।

त्यस्तै वडा नम्बर ११ मा ४१ सदस्यको बनेको छ । जसमा अध्यक्ष योगेन्द्र श्रेष्ठ, उपाध्यक्षमा सुसान्त श्रेष्ठ र सचिवमा संजिवमान सिंह चयन भएका छन् । त्यस्तै उपसचिवमा प्रेमकुमारी राना र अनिता दाहाल चयन भएका छन् ।

वडा नम्बर २९ मा ५१ सदस्यीय बनेको छ। जसको अध्यक्षमा शिवराम राजवंशी, उपाध्यक्षमा खगेन्द्र पाठक र सचिवमा दिनेश मर्हजन चयन भएका छन् । दुई जना उपसचिवमा अम्बिका उप्रेती र हिमादेवी चुँडाल चयन भएका छन्।

त्यस्तै वडा नम्बर ३१ मा ५१ सदस्यीय बनेको छ। जसको अध्यक्षमा हुमादेवी आचार्य, उपाध्यक्षमा यमलाल गौतम र अध्क्षमा घनश्याम अछामी चयन भएका छन् । त्इतै उप सचिवमा अप्सरा खनाल र विनोद दाहाल चयन भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर