नेपाल बारले भन्यो: प्रधानन्यायाधीशको राजीनामाको विषयमा कुनै छलफल भएको छैन् (भिडिओ) – Nepal Press

नेपाल बारले भन्यो: प्रधानन्यायाधीशको राजीनामाको विषयमा कुनै छलफल भएको छैन् (भिडिओ)

काठमाडौं। नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाए।

पूर्व न्यायाधिश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको बक्तव्यबारे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको उनको भनाइ छ। राजीनामा दिने वा नदिनेबारे स्वयं प्रधानन्यायाधीशले सोच्नुपर्ने उनको भनाइ छ। ‘उहाँहरुको हिजोका अनुभवको आधारमा समेत उहाँहरुले आफ्नो विचारहरु दिनु भएको छ,’ श्रेष्ठले भने, ‘त्यो विचार अनुसार त्यसको अवलम्वन गर्ने वा नगर्ने भन्ने कुरा जसप्रति इंगित गरेर त्यो वक्तव्य आएको छ, उहाँले सोच्नुपर्ने हो ।’

अध्यक्ष श्रेष्ठले भागबण्डाको आधारमा न्यायाधिश नियुक्त गर्ने काम गरिएकाले त्यसको दुष्परिणाम न्यायालय आफैंले भोग्नुपर्ने अवस्था आएको तर्क गरे । न्यायालयको सुद्धीकरणका लागि आफूहरुले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै आएपनि सुनुवाई हुन नसकेको उनको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर