मुलुक संकटमा परेपछि हामी सरकारमा आएका हौंः कानून मन्त्री – Nepal Press

मुलुक संकटमा परेपछि हामी सरकारमा आएका हौंः कानून मन्त्री

काठमाडौं । कानून मन्त्री न्याया तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिलेको सरकार सामान्य अवस्थामा नबनेको बताएका छन् । शनिबार कैलाली को धनगढीमा आयोजित एक कार्यक्रममा बडूले मुलुक संकटमा पर्न थालेपछि आफूहरु सरकारमा आएको बताए।

‘सरकार सामान्य परिस्थितिमा बनेको होइन,’ उनले भने, ‘यो संविधान नबचाउने हो भने मुलुकम अर्को दुर्घटना जाने भएपछि हामी सरकारमा आएका हौं। हामी जनादेशले प्रतिपक्षमा थियौं । मुलुक संकटमा परेपछि सरकारमा आएका हौं ।’

बडूले सरकारको प्राथमिकता कोभिड भएको बताए। सरकारले खोप-खोप र खोपको नारा अघि सारेर काम गरिरहेको उनको भनाइ छ। फरक प्रसंगमा बडूले पार्टी विधिसम्मत ढंगले चल्न नसकेको र वर्तमान पार्टीको नेतृत्व विधिसम्मत रुपमा चल्न नसकेको आरोप लगाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर