रुपन्देहीमा विप्लवले भेटे सहिद तथा बेपत्ताका परिवारलाई – Nepal Press

रुपन्देहीमा विप्लवले भेटे सहिद तथा बेपत्ताका परिवारलाई

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सहिद तथा बेपत्ता परिवारजन र स्थानीय जनतासित भेटघाट गरेका छन् । शनिबार विप्लवले पार्टीको आन्तरिक प्रशिक्षणको सिलसिलामा रुपन्देहीको सैनामैनामा भेटघाट गरेका हुन् ।

विप्लवले सहिद परिवारसँग भेटघाटपछि संक्षिप्त मन्तव्य राख्दै महान् सहिदहरूको अधुरा सपनाहरूलाई पूरा गरिछाड्ने बताए । उनले आफूहरूले क्रान्तिलाई नयाँ ढङ्गले पूरा गर्ने बताउँदै कुनै पनि हालतमा संसदीय पुँजीवादी व्यवस्थामा आत्मसमर्पण नगरिने बताए । उनले जनमतसङ्ग्रहको माध्यमद्वारा वैज्ञानिक समाजवादमा पुग्न सम्भव रहेको बताउँदै त्यसले मात्रै जनताको अधुरा सपनाहरू पूरा गर्ने बताए ।

उनले भने, ‘संसदीय पुँजीवाद र वैज्ञानिक समाजवाद जनताले रोज्न पाउनुपर्छ ।’

भेटघाट कार्यक्रममा सहिद परिवारकि आमा तुलसा पाण्डे र स्थानीय जनताले फूलमाला लगाएर स्वागत गरेका थिए ।

उक्त भेटघाटमा नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृति, केन्द्रीय कार्यालय सचिव असल, रुपन्देही सेक्रेटरी विश्वास, सैनामैना सेक्रेटरी बर्षालगायतको सहभागिता थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर