रसुवामा एमालेका सबै वडाध्यक्ष निर्विरोध, २७ मध्ये एक महिला (सूचीसहित)
रसुवा । रसुवामा नेकपा एमालेका २७ वटै वडाको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । एकजना महिलासहित सबै वडाध्यक्ष सर्वसम्मत भएको एमाले नेता जनार्दन ढकालले बताए ।
कालिका गाउँपालिका वडा नम्बर ४ मा अम्बिका पौडेल वडाध्यक्ष चयन भएकी छन् । अम्बिका अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पनि हुन् । सो गाउँपालिकाको अध्यक्ष एमालेबाटै निर्वाचित सीता पौडेल छिन् । रसुवामा ५ वटा स्थानीय तहमा २८ वडा छन् ।
एमालेका नवनिर्वाचित वडाध्यक्षहरु यसप्रकार छन् ।
कालिका गाउँ पालिका
१) वडा नम्बर १ – आङ्तेम्पा तामाङ
२) वडा नम्बर २ – राम बहादुर श्रेष्ठ
३) वडा नम्बर ३ – भरत प्रसाद न्यौपाने
४) वडा नम्बर ४ – अम्बिका पौडेल
५) वडा नम्बर ५ – हरि शरण पौडेल
गोसाइँकुण्ड गाउँ पालिका
१) वडा नम्बर १ – बच्छु कैलाश तामाङ
२) वडा नम्बर २ – पेमा दोर्जे घले
३) वडा नम्बर ३ – जिम्बा गुरुङ
४) वडा नम्बर ४ – सोनाम साङ्बु तामाङ
५) वडा नम्बर ५ – दावा तामाङ
६) वडा नम्बर ६ – ङानेन घले
उत्तरगया गाउँ पालिका
१) वडा नम्बर १ – बुद्धि बहादुर तामाङ
२) वडा नम्बर २ – भोज बहादुर तामाङ
३) वडा नम्बर ३ – बिष्णु बहादुर गुरुङ
४) वडा नम्बर ४ – प्रताप सिं ब्लुन
५) वडा नम्बर ५ – बिनोद आचार्य
नौकुण्ड गाउँ पालिका
१) वडा नम्बर १ – लक्षिन नुर्पु तामाङ
२) वडा नम्बर २ – गणेशमान लामा
३) वडा नम्बर ३ – नोकेन्द्र देब मोक्तान
४) वडा नम्बर ४ – दीर्घ सिंह वाइबा
५) वडा नम्बर ५ – शरद गुरुङ
६) वडा नम्बर ६ – यो नुर्पु तामाङ (च्याङ्बा)
आमाछोदिङ्मो गाउँ पालिका
१) वडा नम्बर १ – साङ लामा
२) वडा नम्बर २ – सुमन तामाङ
३) वडा नम्बर ३ – मारलामा तामाङ
४) वडा नम्बर ४ – बिरेन्द्र घले
५) वडा नम्बर ५ – सुरेश तामाङ