रसुवाका नेता सुब्बा लामाको प्रष्टोक्तिः म एमालेमै छु, अरु साथी पनि कसैको प्रलोभनमा नपर्नुस् – Nepal Press

रसुवाका नेता सुब्बा लामाको प्रष्टोक्तिः म एमालेमै छु, अरु साथी पनि कसैको प्रलोभनमा नपर्नुस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सल्लाहकार समितिमा राखेका रसुवाका नेता सुब्बा लामाले आफू एमालेमै रहेको प्रष्ट पारेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै आफू एमालेमै रहेको र अरु साथीहरुलाई पनि कसैको कुनै प्रलोभनमा नपरी एमालेमै एकतावद्ध हुन आग्रह गरेका छन् ।

विगतदेखि नै जिल्लामा एमालेबाट राजनीति गर्दै आएको र अरु पार्टीमा लाग्ने कुरा कल्पनासमेत गर्न नसकिने भन्दै उनले नेकपा एसका तर्फबाट आउने आश्वासनलाई नपात्याउन उनले आग्रह गरेका हुन् । विगतमा पार्टी विभाजनले पारेको असर स्मरण गर्दै उनले भनेका छन्– २०५६ सालको विभाजनले पार्टीलाई गम्भीर असर पर्यो, अहिले एमाले कमजोर बनाउने खेल भइरहेको छ । यसप्रति सबै रसुवाबासी एमाले कार्यकर्ता सचेत हुनुपर्छ ।

उनले शारीरिक अस्वस्थताका कारण सक्रिय राजनीति गर्न कठिन भए पनि एमालेबाट आफू कहिल्यै विचलित नहुने पनि प्रष्ट पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर