एमाले रुपन्देहीका १५५ मध्ये ८ वडाध्यक्षमा महिला – Nepal Press

एमाले रुपन्देहीका १५५ मध्ये ८ वडाध्यक्षमा महिला

रुपन्देही । नेकपा एमालेको शनिबार सम्पन्न वडा अधिवेशनबाट रुपन्देहीका १५५ वटा वडा कमिटीबाट ८ जना महिला निर्वाचित भएका छन् ।

नवनिर्वाचित कमिटीमा बुटवल उपमहानगरपालिका बुटवल–१ मा रञ्जु भट्टराई, बुटवल–२ मा सारथि अर्याल, बुटवल–७ मा बसुन्धरा भुसाल, बुटवल १० मा कला केसी., सिद्धार्थनगर नगरपालिका वडा नं २ इन्दिरा क्षेत्री, देवदह नगरपालिका वडा नं १ केशुमाया श्रेष्ठ, तिलोत्तमा नगरपालिका वडानम्बर ११ माराधा शाही, कन्चन गाउंपालिका वडा नं ५ मा उमा ढकाल निर्वाचित भएका हुन् ।

अधिवक्ता तथा मानवअधिकार महिला सन्जालका केन्द्रीय सदस्य इन्दिरा आचार्यले नेतृत्वमा प्रवेश गर्न नदिने सोच सबै दलमा विकास भएको र महिलामा क्षमता विकास बढ्दै गएकाले नेताहरु डराएकाले नेतृत्वमा कम सहभागिता भएको बताइन् ।

उनले दलभित्र समावेशिता देखाउने दाँत मात्र भएको, प्रतिस्पर्धामा लान नखोजिएको र मातृशक्ति बढेकाले जिम्मेवारी दिन डराएको तर्क गरिन् ।

अझै पनि नेतृत्वमा महिला सहभागिता चाहेअनुसार नआएको तर एमालेको नयाँ विधानअनुसार महिला पदाधिकारी अनिवार्य गरेकाले धेरै महिलाको सहभागिता भएको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले बताए । उनले रुपन्देहीमा ३३ प्रतिशत महिला सहभागिता भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर